काठमाडौंबाट लाङटाङ पदयात्रा एक हप्ता

नेपालमा पदयात्रामा आउने पर्यटकको तेस्रो रोजाइमा पर्ने रसुवा जिल्लास्थित लाङटाङको दृश्य हो यो । क्यानजेन भ्यालीको पदयात्रामा यसलाई अन्तिम गन्तव्य मानिन्छ ।

समुन्द्री सतहबाट ३ हजार ८ सय ५० मिटर उचाइमा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने क्यानजेन भ्याली लाङटाङ हिमाल हेर्नका लागि सबैभन्दा उपयुक्त स्थल हो ।

तस्बिरहरु : ईश्वर श्रेष्ठ

काठमाडौंबाट नजिकै रहेको र यात्राको समय कम लाग्ने भएकाले यहाा पर्यटकको आकर्षण रहने गरेको छ । आँखै अगाडि हिमाल हेर्न सकिने भएकाले पनि यो लाङटाङ पदयात्राका लागि विदेशीहरु झुम्मिने गरेका छन् ।

यो पदयात्रामा लाङटाङ हिमाल (७२४६ मि) सँगै नेपाल र तिब्बतका दर्जनौं हिमश्रृंखला हेर्न पाइन्छ । क्यानजेन भ्यालीबाट साढे दुई घण्टाको ठाडै उकालो हिँडाइ पश्चात पुग्न सकिन्छ क्यानजेन री ।

लाङटाङमा एकपटक पाँच सयजना बास बस्ने क्षमता रहेको तिब्बत होटलका सञ्चालक ग्याल्बो तामाङ बताउँछन् । उनी भन्छन्-पहिले पहिले गोरा पर्यटकहरु मात्र आउने गर्थे, अहिले नेपालीहरु पनि उत्तिकै आउने गरेका छन् ।

गोरा पर्यटकहरु योजना बनाएर पूर्वजानकारी दिएर आउने गरेका तर नेपालीहरु भने त्यसो नगर्दा कहिले काहीँ बास बस्न समस्या हुने गरेको बताउँछन् व्यवसायीहरु ।

होटल व्यवसायी लामा लाङटाङ पदयात्रामा निस्कने पदयात्रीले पर्यटकलाई चाहिने उचित जानकारी नहुँदा समस्या झेल्नुपरेको बताउँछन् । उनी भन्छन्- यदि भ्यालीमा सूचना केन्द्र भइदिएको भए यस्तो समस्या हुने थिएन ।

क्यानजे भ्याली हुँदै गञ्जला पास (५२००मि) भएर हेलम्बु निस्कन लागि तीन दिन अरु छुट्याउनुपर्ने हुन्छ । तर, गन्जाला पास पार गर्न चाहनेका लागि खानपिन र बासको सबै व्यवस्थापन आफै गर्नुपर्ने हुन्छ ।

काठमाडौंबाट लाङटाङ पदयात्रामा निस्कन एक हप्ताको सयम चाहिन्छ ।

Scroll to Top