काठमाडौंमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ ।
सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजित अभियानको आज बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शुभारम्भ गर्नुभएको छ ।


नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दाे र दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गदैै ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको उपप्रधान एवं गृहमन्त्री लामिछाने बताउनुभयो ।
गृहमन्त्री लािमछोले दुर्घटना न्यूनीकरणका लागि जरोमा जानुपर्ने भन्दै त्यो जरो भनेको लाइसेन्स दिने प्रक्रिया भएको बताउनुभयो । उहाँले रोड परीक्षण नगरी लाइसेन्स दिनै नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ट्राफिक सचेतना कार्यक्रमले सबैलाई जिम्मेवार बनाउने हुँदा यो अभियान अति महत्त्वपूर्ण रहेको बताउनुभयो ।

Scroll to Top