काठमाडौंमा बिहानै वर्षा, दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । काठमाडौंमा बिहानै वर्षा भएको छ । मौसम धुम्म भइरहेको छ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । कोशी ,मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा बिहानैदेखि मेघगर्जन / चट्याङ्ग  /हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागका थोरै स्थान तथा तराई भू-भागका एक / दुई स्थानमा मेघगर्जन / चट्याङ्ग / हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थान साथै लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन / चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । कोशी, मधेश र बाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

Scroll to Top