काठमाडौं उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा

काठमाडौं : चन्द्रागिरिलगायत काठमाडौं उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ। हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्। 

मंगलबार र बुधबार उपत्यकामा वायु प्रदुषण बढ्दा काठमाडौं विश्वको नै पहिलो प्रदुषित सहरका रुपमा सूचीकृत भएको थियो। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ थियो। सोमबार दिउँसो एक सय ६५ एक्यूआई रहेको प्रदुषण, मंगलबार दुई सय पुगेको थियो। आज भने प्रदुषण घटेर एक सय ७७ एक्यूआईमा सीमित भएको छ। 

Scroll to Top