काठमाडौं क्याम्पस द्वारा साइबर सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

कालिमाटीमा अवस्थित नेपालको पहिलो सामुदायिक क्याम्पस काठमाडौं क्याम्पसले एसइइ तथा कक्षा १२ बोर्ड परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी साइबर सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । किर्तिपुरको अन्नपूर्ण क्याफेको हलमा सम्पन्न सो कार्यक्रममा प्रशिक्षकहरू सुरेन्द्र देवकोटा र सबिन डंगोलले पछिल्लो समय बढ्दै गएको साइबर अपराध र साइबर सुरक्षाबारे विद्यार्थीहरूलाई जानकारी गराउनु भएको थियो ।

सो कार्यक्रममा काठमाडौं क्याम्पसका क्याम्पस प्रमुख रोशना जोशीले टिन एजका विद्यार्थीहरूलाई लक्षित क्याम्पसले यस्ता सचेतनाका कार्यक्रम साथसाथै नविन ज्ञान र सीपमा आधारित कार्यक्रमहरू गर्ने बताउनु भयो । काठमाडौं क्याम्पसले विद्यार्थीहरूलाई लक्षित गरी ICT सम्बन्धि निशु ल्क कार्यशाला सञ्चालन गर्ने जानकारी पनि सो अवसरमा दिइएको थियो ।

Scroll to Top