काठमाडौं क्षेत्र नम्बर ९ र १० स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । दोश्रो काठमाडौं क्षेत्र नम्बर ९ र १० स्तरीय किसिपिडी ब्याडमिन्टन कप प्रतियोगिता २०८१ आयोजना हुँदैछ । चन्द्रागिरि नगरपालिका वडा नं. ५ मा रहेको किसिपिडी ब्याडमिन्टन क्लबको आयोजनामा हुन गइरहेको ब्याडमिन्टन प्रतियोगितामा काठमाडौं क्षेत्र नं. ९ र १० का खेलाडीहरुले भाग लिन पाउने छन् ।
चन्द्रागिरि नगरपालिका वडा नं. ५ को सहकार्यमा हुन गइरहेको सो प्रतियोगिता चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा रहेको महांकाल ब्याडमिन्टन कभर्ड हलमा जेठ १७, १८ र १९ गतेसम्म हुनेछ ।
क्षेत्रीय खुल्ला पुरुष डबल, पुरुष डबल (बी लेबल चनपा मात्र) र पुरुष डबल (सी लेबल चनपा मात्र) तीन विधामा आयोजना हुन गइरहेको प्रतियोगितामा टिम दर्ता २०८१ जेठ १५ गतभित्र गरिसक्नुपर्ने बिनोद महर्जनले बताए ।
क्षेत्रीय खुल्ला पुरुष डबल तर्फ प्रमथ हुनेलाई २० हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५-५ हजार तथा शिल्ड, मेडल तथा प्रमाण पत्र दिइने छ ।
त्यस्तै, पुरुष डबल बी लेबरमा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५-५ हजार तथा शिल्ड, मेडल र प्रमाण पत्र दिइने छ ।
त्यसैगरी, पुरुष डबल (सी लेबल चन्द्रागिरि नगर मात्र)मा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ६ हजार र तृतीय हुनेलाई ३-३ हजारका साथै शिल्ड , मेडल र प्रमाण पत्र वितरण गरिने छ ।
जेठ १७ देखि १९ सम्म सञ्चालन हुने प्रतियोगितामा भाग लिने खेलाडीहरुले प्रति टिम २ हजार शुल्क बुझाउनुपर्ने छ ।

Scroll to Top