काठमाडौं फोटोग्राफर संघले कार्यशाला गर्दै

काठमाडौं । काठमाडौं फोटोग्राफर संघद्वारा आउने शनिबार १९ गते क्वालिटी ब्याङ्गकेट बुद्धनगरमा एकदिने डिजिटल मार्केटिङ कार्यशाला गर्ने भएको छ ।

फोटोग्राफर तथा फोटो व्यवसायीहरूको सीप अभिवृद्धिका लागि आयोजना गर्न लागिएको सो कार्यशालामा काठमाडौं फोटोग्राफर संघका सदस्यहरुको लागि प्रवेश निशुल्क गरिएको कार्यक्रम संयोजक भक्तराज श्रेष्ठले जानकारी दिएका छन् !

“काठमाडौं फोटोग्राफर संघ” काठमाडौं जिल्लामा फोटो स्टुडियो तथा फोटोग्राफी पेशामा आवद्धता भएकाहरूको हकहितमा कृयाशील छाता संगठन हो !

Scroll to Top