काठमाडौं महानगरपालिका क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध गरेको छ। 

बिहीबार महानगरपालिकाले महानगर क्षेत्रभित्र कुनै पनि प्लास्टिकका क्रिसमस-ट्री सजावट गरी वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरी बलका नगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए। 

प्लास्टिकका स-सामान प्रयोग गर्नुको सट्टा बत्ती प्रयोग गरी वा सक्कल बिरूवा प्रयोग गरी सर-सजावट गर्न जोशीले अनुरोध गरेका छन्। यस्तै सजावटका सामग्री पनि प्लास्टिकजन्य प्रयोग गर्न नपाइने उनले बताए। 

Scroll to Top