काठमाडौं महानगरपालिका स्तरिय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आजबाट सुरु भएको प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले दशरथ रंगशालामा आयोजित एक समारोहकाबिच बेलुन उडाएर उद्घाटन गरेका हुन् ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा ९ वटा विधा विभिन्न खेलमा महानगरभित्रका ८३ विद्यालयका ३ हजार २ सय ५० जना छात्रछात्रा सहभागी भएका छन् । जसअन्तर्गत भलिबल ८ सय जना, कवड्डी ८ सय जना, तेक्वान्दो ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना सहभागी छन् । प्रतियोगिता अन्तर्गत एथलेटिक्सका खेलहरू दशरथ रङ्गशालामा खेलाइने छ भने कराँते र उसु खेल रङ्गशालाकै कभर्ड हलमा खेलाइने छन् । त्यस्तै, छात्रछात्रा कवड्डी र छात्रा भलिबल खेल कन्या मन्दिर माध्यमिक, न्योखा, क्षेत्रपाटीमा खेलाउन शुरु भएको छ । त्यसैगरि, पुरुष भलिबल खेल पद्मकन्या विद्याश्रम मावि डिल्लीबजारमा तथा तेक्वान्डो खेल नेपाल तेक्वान्दो प्रशिक्षणालय, सातदोवाटोमा खेलाइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

Scroll to Top