काठमाडौं महानगरले दुई वटा स्वास्थ्य संस्थाको फोहोर नउठाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित एएसजी आई केयर र नेपाल स्किन हस्पिटलको फोहोर नउठाउने भएको छ ।

अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले संक्रमित फोहोर स्रोतमा वर्गीकरण नगरेको, हानिकारक फोहोरलाई निर्मलीकरण गर्न अटोक्लेभजस्ता साधन तथा उपकरण प्रणाली नभएको र सामान्य फोहोरसँगै पठाउने गरेको पाइएकोले त्यहाँको फोहोर उठाउन रोकिएको महानगरले जनाएको छ । 

त्यस्तै, ती स्वास्थ्य संस्थामा रंग संकेतअनुसार जोखिमपूर्ण फोहोर राख्ने छुट्टै डस्टबिन पनि नभेटिएको महानगरको वातावरण व्यवस्थापन विभागको फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख कविता राईले बताइन् । 

महानगरले हिजोदेखि स्वास्थ्य संस्थाहरुमा अनुगमन शुरु गरेको छ । हिजो गरिएको अनुगमनका क्रममा फोहोरमैला व्यवस्थापनको मापदण्ड पालना नगरेको पाइएपछि महानगरले कंलकीमा रहेको नेपाल नेसनल हस्पिटलको फोहोर उठाउन रोक लगाएको छ ।

Scroll to Top