काठमाडौं विश्वकै पहिलो प्रदूषित सहर

काठमाडौं । विश्वकै पहिलो प्रदूषित सहरमा सूचीकृत काठमाडौं फेरि भएको छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार सोमबार बिहान ११ः१५ बजे काठमाडौं विश्वका १२२ सहरमध्ये सबैभन्दा प्रदूषित भएको छ ।

आईक्यू एयरका अनुसार काठमाडौंमा सो समय वायुको गुणस्तर १७६ पुगेको छ ।  योसहित चैतयता नेपाल तेस्रोपटक विश्वका प्रदूषित सहरको एक नम्बरमा परेको हो ।  दोस्रोमा चीनको बेइजिङ १६३ र भारतको कोतकत्ता १५८ सहित तेस्रो नम्बरमा छन् ।

वायु प्रदूषणको अवस्था भयावह, नेपालीले गुमाइरहेका छन् ४.६ वर्ष आयु एक्यूआई शून्यदेखि ५० सम्मको (हरियो) रहेको वायु स्वस्थकर हुन्छ । ५१ देखि १०० सम्मको (पहेँलो) भए होसियार रहनुपर्ने र १०१ देखि १५० एक्यूआईसम्म (खैरो) रहेको वायुले श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ ।

यस्तै, १५१ देखि २०० सम्म एक्यूआई (रातो) पुगेमा सबैका लागि अस्वस्थकर हुने र सोभन्दा माथि जति बढ्दै गयो उति वायु अति हानिकारक बन्दै जान्छ ।

Scroll to Top