काठमाडौं शिक्षा क्याम्पसको बधाई तथा सम्मान कार्यक्रम

काठमाडौं ।
चन्द्रागिरि नगरपालिका १० मा रहेको काठमाडौं शिक्षा क्याम्पसले उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र पाएको उपलक्ष्यमा आज एक कार्यक्रम आयोजना गरेको छ ।


चन्द्रागिरि १०, सतुंगल पाटीप्यालेसमा आयोजित कार्यक्रम काठमाडौं शिक्षा क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायनकृत भएको अवसरमा बधाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका जनप्रतिनिधिहरु, शिक्षाविद्हरु तथा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी, चन्द्रागिरि १० का वडाअध्यक्ष शिवकुमार महर्जनलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा विद्यार्थीहरुको उपस्थितिमा आयोजना भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा परम्परागत बाजाहरु बजाएर आफ्नो कला प्रदर्शन गरेका थिए ।


नगरप्रमुख घनश्याम गिरिले उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरुको गुणस्तरताको मुल्यांकन गरी विश्व विद्यालय अनुदान आयोगद्धारा प्रदान हुने गुणस्तर सुनिश्चिता तथा प्रत्यायन ९क्यूएए० प्राप्त गर्न सफल भएकोमा क्याम्पस परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।


चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाअध्यक्ष शिवकुमार महर्जनले चन्द्रागिरि १० मा रहेको शिक्षा क्याम्पसले उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ९क्यूएए० प्रमाणपत्र पाएकोमा आफू ज्यादै खुसी भएको तथा क्याम्पसलाई पूर्णरुपमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि भौतिक तथा व्यवस्थापनमा सक्दो सहयोग गर्दै जाने बताउनुभयो ।

Scroll to Top