काठमाडौं शिक्षा क्याम्पसमा साईबर सुरक्षा सम्बन्धी विद्यालय स्तरीय सचेतना कार्यक्रम सम्पन्न

काठमाडौंं । चन्द्रागिरि नगरमा साइवर सुरक्षा सम्बन्धी विद्यालय स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुंगलको तथा काठमाडौं शिक्षा क्याम्पसको सहकार्यमा आयोजित सो कार्यक्रम काठमाडौं शिक्षा क्याम्पसको हलमा सम्पन्न भएको थियो ।
एकता फाउण्डेसन नेपालको आयोजनामा भएको साइवर सुरक्षा सम्बन्धी विद्यालय स्तरीय सचेतना कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
साइबर सुरक्षा सम्बन्धी विद्यालय स्तरीय सचेतना कार्यक्रममा साइबर अपराध ब्यूरोका डीएसपी दिपेस जोशीले साइबर सुरक्षा सम्बन्धी विविध विषयमा जानकारी दिएका थिए ।
कक्षा ११ का विद्यार्थीहरु सहभागी उक्त कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नंं १० का वडाअध्यक्ष शिवकुमार महर्जन, काठमाडौं शिक्षा क्याम्पसका प्रमुख शत्रुधन प्रसाद गुप्तालगायतको उपस्थिति रहेको थियो ।


साइबर अपराध सम्बन्धी एक तथ्यांकअनुसार यस आर्थिक वर्षमा मात्र १४,००० साइबर अपराधका घटना भएको जोशीले जानकारी दिए ।
कम्प्युटर र इन्टरनेट प्रयोग गर्ने विद्यार्थीहरुको लागि साईबर सुरक्षा अत्यन्त महत्वपूर्ण छ । नेपालमा पनि इन्टरनेट प्रयोग बढ्दो छ जसले गर्दा साईबर धोकाधम्कीहरुको खतरा पनि उत्तिकै बढ्दो छ, त्यसैले विद्यार्थीहरुलाई साइबर सुरक्षा बारेमा थाहा हुनु अत्यन्त आवश्यक भएको वडाअध्यक्ष महर्जनले बताए ।
साईबर सुरक्षासम्बन्धी यस्तो कार्यक्रमले विद्यार्थीहरुको नेटब्याङकिङ, ईमेल, सोसल मिडिया र अन्य इन्टरनेट प्रयोगमा उनीहरुको निजी जानकारी र डाटाहरुको संरक्षण र सुरक्षाबारे जानकारी पाउनुका साथै असुरक्षित वेबसाइटहरुमा अनावश्यक तथा असुरक्षित डाटा डाउनलोड गर्नाले हुने विभिन्न घटनाहरुमा पनि जानकारी प्राप्त गर्नसक्ने र भविष्यमा सतर्क बन्ने शिक्षा क्याम्पस प्रमुख शत्रुधन प्रसाद गुप्ताले बताए ।

Scroll to Top