काठमाडौं शिक्षा क्याम्पसमा तीन दिने गोष्ठी शुरु

काठमाडौं । काठमाडौं शिक्षा क्याम्पसमा शनिबारबाट समुदाय र उद्योगी संवाद विषयक तीन दिने गोष्ठी सुरु भएको छ ।
सामुदायिक क्याम्पसहरुको स्थायित्व र शैक्षिक विकासका लागि चन्द्रागिरि नगरपालिकाले खेलेको भूमिकाको बारेमा आज काठमाडौं शिक्षा क्याम्पसमा वृहत छलफल कार्यक्रम भएको थियो ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सुरु भएको गोष्ठीमा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरिको उपस्थितिमा आयोजित सुरु भएको थियो । साथै, चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाअध्यक्ष शिवकुमार महर्जन, वडा नंं. १५ का वडाध्यक्ष घनश्याम लुइँटेल, काठमाडौं शिक्षा क्याम्पस व्यवस्थापन समुहका पदाधिकारीहरु, चन्द्रागिरि नगरभित्रका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरु तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
गोष्ठी तीन दिनसम्म रहने काठमाडौं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिए ।
गोष्ठीको पहिलो दिन शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर संवाद गरिएको थियो । जसमा चन्द्रागिरि शिक्षा शाखाले खेलेको भूमिका र भावी रणनीतिबारे जानकारी गराइएको थियो । दोश्रो दिन आइतबार चन्द्रागिरि नगर क्षेत्रमा सञ्चालनमा रहेका उद्योगी, व्यवसायी तथा वित्तीय क्षेत्रसँगमा संलग्न व्यक्तित्वहरुसँग संवाद गरिने पनि प्रमुख गुप्ताले बताए ।
गोष्ठीको अन्तिम दिन पढ्दै कमाउँदै विषयमा संवाद् गरिने छ ।
आगामी आर्थिक वर्षका लागि चन्द्रागिरि नगरले सामुदायिक क्याम्पसहरुलाई विशेष व्यवस्था गरिने चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरिले बताए । त्यस्तै प्रविधियुक्त शिक्षा र सीपयुक्त शिक्षा आजको आवश्यकता रहेको धारणा व्यक्त गरे ।
त्यस्तै सामुदायिक क्याम्पसहरुले राष्ट्र्को शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर संघ, प्रदेश र स्थानीय सरकारबाट निरन्तर हुनुपर्ने काठमाडौं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताले व्यक्त गरे ।

Scroll to Top