काठमाडौं शिक्षा क्याम्पसमा बैंक तथा वित्तीय संस्था एवं उद्योगीसँग संवाद

काठमाडौं । काठमाडौं शिक्षा क्याम्पसमा शनिबारबाट समुदाय र उद्योगी संवाद विषयक तीन दिने गोष्ठी सुरु भएको छ ।
काठमाडौं शिक्षा क्याम्पसको आयोजनामा क्याम्पस (समुदाय) उद्योगी विषयक संवाद गोष्ठीको दोश्रो दिन आज चन्द्रागिरि नगर क्षेत्रमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था एवं उद्योगहरुका प्रतिनिधिहरुसँग संवाद कार्यक्रम रहेको थियो । जसमा चन्द्रागिरिभित्र विभिन्न उद्योगहरु सञ्चालन गरिरहेका उद्योगीहरु, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सुरु भएको गोष्ठीमा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरिको उपस्थितिमा आयोजित सुरु भएको थियो ।

‘गुणात्मक शिक्षाका लागि शिक्षक प्रशिक्षण’ भन्ने नाराका साथ आयोगित गोष्ठी तीन दिनसम्म रहने काठमाडौं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिए ।
आज दोश्रो दिन आइतबार चन्द्रागिरि नगर क्षेत्रमा सञ्चालनमा रहेका उद्योगी, व्यवसायी तथा वित्तीय क्षेत्रसँगमा संलग्न व्यक्तित्वहरुसँग संवाद गरिएको क्याम्पस प्रमुख गुप्ताले बताए ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको गोष्ठीको अन्तिम दिन पढ्दै कमाउँदै विषयमा संवाद् गरिने छ ।

Scroll to Top