काठमाडौं शिक्षा क्याम्पसमा परामर्श कक्षा सञ्चालन हुँदै

काठमाडौं । काठमाडौं शिक्षा क्याम्पसमा एसईईपछिको अध्ययनका लागि उपयुक्त विषय छनोट तथा भावी मार्गदर्शन विषयमा परामर्श कक्षा सञ्चालन हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका सतुंगलमा रहेको काठमाडौं शिक्षा क्याम्पसमा जेठ २६ गते बिहान ८ बजेदेखि सुरु हुने उक्त परामर्श कक्षामा विख्यात परामर्शदाताहरुबाट परामर्श दिने काठमाडौं शिक्षा क्याम्पसका क्याम्पस प्रमुख शत्रुघ्न प्रसाद गुप्ताले बताए ।
काठमाडौं शिक्षा क्याम्पसमा सुरु हुन लागेको परामर्श कक्षामा चन्द्रागिरि नगरभित्र एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर गर्न लागेको क्याम्पस प्रमुख गुप्ताले शोणितपुर खबरलाई बताए ।
काठमाडौं शिक्षा क्याम्पसमा सुरु हुन लागेको परामर्श कक्षामा भाल लिन आउने विद्यार्थीहरुले निःशुल्क परामर्शको व्यवस्था गरिएको छ भने परामर्शमा चन्द्रागिरि नगरभित्रका २०० जनाजतिको सहभागी हुने पनि क्याम्पस प्रमुख गुप्ताले बताए ।

Scroll to Top