काठमाडौं शिक्षा क्याम्पसमा होटल म्यानेजमेन्टको प्रयोगात्मक कक्षा सञ्चालन

काठमाडौं । काठमाडौं शिक्षा क्याम्पसमा होटल म्यानेजमेन्ट विषय लिई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक कक्षा सञ्चालन भएको थियो ।
काठमाडौं शिक्षा क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ता र सहायक क्याम्पस प्रमुख वसन्त बरालको निमन्त्रणामा जनपथ माध्यमिक विद्यालयका प्राचार्य जितबहादुर लामिछाने र सफल व्यवसायी तथा होटल व्यवस्थापन प्रशिक्षक रुपेश बुढाथोकीको उपस्थितिमा भएको प्रयोगात्मक कक्षामा विद्यार्थीहरुले विभिन्न परिकारहरु बनाएका थिए ।
चन्द्रागिरि नगरपालिका १० सतुंगलमा रहेको काठमाडौं शिक्षा क्याम्पसमा कक्षा ११ का विद्यार्थीहरुले तयार पारेका परिकारहरुको प्रयोगात्मक कक्षा अवलोकन एवम् मुल्यांकन गरी रचनात्मक पृष्ठपोषण प्रदान गरेका थिए ।


काठमाडौं शिक्षा क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताको नेतृत्वमा उक्त क्याम्पसले छोटो समयमा नै राम्रो प्रगति हासिल गर्न सफल भएकोमा क्याम्पस प्रमुख लगायत सम्पूर्ण टिमलाई प्राचार्य जितबहादुर लामिछानेले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

Scroll to Top