कुशल मल्लको विष्फोटक ब्याटिङमा मलेशियाविरुद्ध नेपालको शानदार जीत

नेपाल सेमिफाइनलमा

काठमाडौं– टी–२० विश्वकपको एशिया छनोटको खेलमा नेपालले मलेशियालाई छ विकेटले पराजित गरेको छ ।

पहिला ब्याटिङ गर्दै मलेशियाले दिएको १६६ रनको लक्ष्यलाई नेपालले १८ ओभरमा चार विकेट गुमाएर पुरा गरेको हो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ६५ रन बनाए । उनले ३४ बलमा दुई चौका तथा सात छक्काको सहयोगमा ६५ रन बनाएका हुन् ।
उनीबाहेक नेपालका ओपनर कुशल मल्लले २५ बलमा विष्फोटक ४३ रन बनाए । उनले चार चौका तथा चार छक्का प्रहार गरे । आशिफ शेखले २३ बलमा ३२ रन बनाउँदा कप्तान रोहित पौडेल दुई रनमा आउट भए ।

Scroll to Top