कृष्णको द्वारका सहर खोज्न समुद्रमुनि गएका गोताखोरले के फेला पारे ?

द्वारका

द्वारका हिन्दूहरूको सप्तपुरी र चार धामका पवित्र तीर्थ स्थलमा एक हो।

हिन्दू मान्यता र महाभारत कालको किंवदन्तीका अनुसार द्वारका सहरको स्थापना मूल रूपमा भगवान् कृष्णले गरेका थिए र उनको मृत्युपछि यो पानीमा डुबेको थियो।

देवभूमि द्वारका गुजरातको आधुनिक द्वारका जिल्लामा अरब सागरको तटमा अवस्थित छ।

यो कहिले डुबेको थियो भन्ने सही समय अनुमान लगाउनु एक कठीन काम हो तर परिस्थितिजन्य यस्ता प्रमाण उपलब्ध छन् जसका आधारमा अनुमान लगाउन सकिन्छ।

भारत सरकारको पुरातत्त्व विभागले द्वारका सागरमा शोध एवं उत्खनन कार्य गरेको छ जसबाट केही रोचक वस्तुहरू र तथ्य बाहिर आएका छन्।

खासमा भारत मात्रै होइन विश्वका कैयौँ अन्य देशमा प्रलय, जल प्रलय, ज्वालामुखी जस्ता घटनाहरूपछि या बाढीमा सहरहरू डुबेका उदाहरण छन्।

यसै आधारमा सन् १९६६ मा वैज्ञानिक डोरोथी विटालियानो ले भू-विज्ञानको एक शाखाको आधारमा जियोमिथोलोजी स्थापना गरेकी थिइन्, जसको उद्देश्य कुनै मिथकको भू-वैज्ञानिक घटनाको जाँच गर्नु थियो।

हिन्दू मान्यता अनुसार ब्रह्मा ‘सृष्टिका रचयिता’ हुन्, विष्णु ‘सृष्टिका पालनकर्ता’ र शिव ‘सृष्टिका संहारक’ हुन्। कृष्ण भगवान् विष्णुका आठौँ अवतार हुन् र उनको जन्मदिन द्वारका र मथुरासहित भारतभर जन्माष्टमीको रूपमा मनाइन्छ।

मान्यतामा कृष्ण र द्वारका

द्वारका

हिन्दूको पवित्र ग्रन्थ श्रीमद्भागवत महापुराणमा कृष्णको जन्म, पालन-पोषण, कंस वध, मथुरा फिर्ती, पलायन, द्वारका स्थापना, पराक्रम र यादव वंशको उल्लेख छ। त्यसबाहेक ‘महाभारत’ र ‘विष्णु पुराण’ समेत अन्य ग्रन्थमा पनि यसको उल्लेख गरिएको छ।

‘श्रीमद्भागवत महापुराण’ र महाकाव्य ‘महाभारत’ अनुसार, कृष्णले कंसको वध गरेपछि मगधका शासक जरासन्ध क्रोधित भए किनभने कंस उनका दुई पुत्रीहरू अस्ति र प्राक्षीका पति थिए।

जरासन्धले १७ पटकसम्म मथुरामाथि आक्रमण गरेका थिए। हरेक पटक कृष्ण र बलरामले आफ्नो सहरको रक्षा गरे। जब जरासन्धले १८ ‌औँ पटक हमला गरे, मथुराको हार निश्चित देखिन थाल्यो तब कृष्ण नगरवासीसहित द्वारका आए र उनले यहाँ नयाँ सहर बसाए।

धार्मिक मान्यता मुताबिक कृष्णले नयाँ सहर बसाउन समुद्रबाट १२ योजन (एक योजन- सातदेखि आठ किलोमिटर)भूमि प्राप्त गरेका थिए।

सहरको निर्माण देवताका वास्तुकार विश्वकर्माले गरेका थिए। धार्मिक मान्यता अनुसार उक्त सहरमा कृष्ण का १६ हजार १०८ पत्नीहरूका लागि महल र नगरवासीका लागि घर बनाइएको थियो।

मथुरा छोडेर हिँड्ने बित्तिकै कृष्णलाई रणछोड नामले चिनिन थालियो जबकि द्वारकाका संस्थापकका हैसियतमा उनलाई द्वारकाधीश पनि भनिन्छ।

हिन्दू मान्यता अनुसार, भगवान् राम विष्णुका सातौँ अवतार थिए र ‘रामायण’ उनको जीवनी हो। उनी ‘मर्यादा पुरुषोत्तम’ थिए जबकि कृष्ण ‘पूर्ण पुरुषोत्तम’ थिए। उनको मृत्युपश्चात् द्वारकामा जल प्रलय आएको थियो।

गोमती किनारमा रहेको द्वारकाधिश मन्दिर

कसरी नष्ट भएको थियो द्वारका?

    भारतीय पुरातत्त्व सर्वेक्षण (एएसआई)का पूर्व पुरातत्त्वविद् के. के. मोहम्मद भन्छन्, महाभारतको काल १४०० या १५०० ईसा पूर्व थियो। ‘श्रीमद्भागवत महापुराण’ मा भनिएको छ, ‘१२५ वर्षसम्म पृथ्वीमा शासन गरेपछि कृष्ण वैकुण्ठवासी बने। त्यसपछि समुद्रले श्रीकृष्णको महलबाहेक सम्पूर्ण भूमि फिर्ता लिइन्।

    तर हिन्दूहरूको धार्मिक आस्था र पुरातात्त्वविद्को समय अनुमानबीच लगभग १५०० वर्षको फरक छ। पुराण र आख्यानका विद्वान देवदत्त पटनायक (द किङडम अफ द्वारका, डिस्कवरी च्यानल)मा भन्छन्, ‘कुरुक्षेत्रको युद्ध समाप्त भएपछि, जब भगवान् कृष्ण कौरवहरूकी माता गान्धारीसँग भेट्न गए त्यसबेला उनले कृष्णलाई श्राप दिइन् कि हाम्रो राजवंश नष्ट भयो, तिम्रो राजवंश पनि तिम्रै आँखा अगाडि नष्ट हुनेछ। ३६ वर्षपछि गान्धारीको श्राप सत्य साबित भयो अनि कृष्णले केही गर्न सकेनन्।’

    हिन्दू मान्यता अनुसार, कौरव र पाण्डवहरू कुरुक्षेत्रको मरुभूमि इलाकामा एक अर्का विरुद्ध आमनेसामने भेला भएका थिए। यद्यपि अर्जुन आफ्ना परिवारका सदस्य, गुरु र आफूले सम्मान गर्नुपर्ने व्यक्तिहरू युद्धमैदानमा आफ्ना अगाडि देखेर युद्ध लड्ने साहस जुटाउन सकिरहेका थिएनन्।

    त्यस्तो समयमा कुरुक्षेत्रको युद्ध मैदानमा कृष्ण अर्जुनलाई धर्मको रक्षा र क्षत्रीय धर्मका लागि लड्न प्रोत्साहित गर्छन्। त्यही उपदेश नै भगवत् गीताका स्वरूपमा जानिन्छ। जसपछि अर्जुन युद्ध गर्न तयार भएका थिए।

    यसै दिनलाई हिन्दूहरूको पुस्तौँ पुस्ताले गीता जयन्तीका रूपमा मनाउँदै आएका छन्। यस पछि महाभारतको युद्ध १८ दिनसम्म चलेको थियो र अन्ततः पाण्डव पक्षको जीत भएको थियो।

    सन् २०२३ मा ५ हजार १६०औँ गीता जयन्ती मनाइने छ। यस प्रकार कुरुक्षेत्रको युद्ध र गान्धारीको श्राप पूरा हुँदा लगभग ३६-३७ वर्षको अन्तर देखिन्छ।

    सन् १६०० मा 'स्वर्णनगरीमा कृष्ण' नाममा बनाइएको एक चित्रकलाई एक पेंटिंग

    द्वारका समुद्र तल कसरी डुब्न पुग्यो?

    सन् १९६० को दशकको सुरुआतमा द्वारकामा द्वारकाधीश जगत मन्दिर नजिकै एक घर ध्वस्त भएका बेला मन्दिरको शीर्ष पाइएको थियो।

    त्यसबेला त्यो उत्खनन डेक्कन कलेज पुणेले गरेको थियो र त्यसमा नौऔँ शताब्दीको विष्णु मन्दिरको अवशेष फेला परेको थियो। अन्य स्थानमा अन्वेषणपछि अरू वस्तु पनि फेला परेको थियो।

    त्यसकै आधारमा वैज्ञानिकहरूको अनुमान छ कि द्वारकालाई एकभन्दा धेरै पटक नष्ट गरिएको थियो। जबकि स्थानीय बासिन्दाको मान्यता छ कि द्वारका छ पटक डुबिसकेको छ र वर्तमान द्वारका सातौँ द्वारका हो।

    भारतीय पुरातत्त्व सर्वेक्षणका पूर्व महानिर्देशक तथा जाने मानेका पुरातत्ववेत्ता डा. शिकारीपुर रंगनाथ राव खासमा कर्नाटकका भएपनि उनले गुजरातमा आफ्नो घर बनाएका थिए।

    त्यसपछि उनले त्यहाँ समुद्रमा धेरै अनुसन्धान गर्ने निर्णय गरेका थिए। उनले राष्ट्रिय समुद्र विज्ञान संस्थानको तर्फबाट पानीको मुनि पुरातत्त्विक अनुसन्धानको दायित्व लिए।

    शोधकर्ताले के के फेला पारे

    द्वारकाको नजिकै समुद्रमा गरिएको अनुसन्धान

    सन् १९८९ को वरिपरि अनुसन्धानको क्रममा समुद्री घाँस र बालुवाको मुनि आयताकार पत्थर फेला परेको थियो। जसलाई शोधकर्ताहरूले एक संरचनाको हिस्सा मानेका थिए।

    त्यसबाहेक मानव निर्मित अर्ध वृत्ताकार पत्थर पनि फेला परेको थियो।

    छिनोले प्वाल पारिएका चट्टानका आकृतिहरू पनि फेला परेका थिए।

    ती सबैका आकार उस्तै उस्तै छन्। त्यो चुनढुङ्गाको चट्टान थियो जुन शताब्दी‌औँदेखि आसपासका क्षेत्रमा पाइन्थ्यो। त्यसको उपयोग एक अर्कोलाई जोड्नका लागि प्रयोग गरिएको हुँदो हो।

    त्यसबाहेक माटोको भाँडाकुँडा, गरगहना, मुद्राहरू पनि पाइयो। यस प्रकारका सिक्का ओमान, बहराइन र मेसोपोटामिया अर्थात् इराकमा पनि पाइएको थियो।

    सन् २००७ को सर्वेक्षण भन्दा पहिले समुद्रमा दुई नटिकल माइल गुणा एक नटिकल माइल इलाकामा हाइड्रोग्राफिक सर्वेक्षण गरिएको थियो। जसको आधारमा जल प्रवाहको भविष्यवाणी गरिएको थियो।

    यसको आधारमा २०० वर्ग मिटरको क्षेत्रफल ग्रिडिंग द्वारा निर्धारित गरिएको थियो। अन्तमा मार्किङको आधारमा ५० वर्ग मिटरको क्षेत्रमा सर्वेक्षण गरिएको थियो।

    भारतीय पुरातत्त्व सर्वेक्षणका अतिरिक्तमहानिर्देशक डा. आलोक त्रिपाठीले बीबीसीलाई बताएका थिए, “त्यसपछि सन् १९७९ मा भारतीय पुरातत्त्व सर्वेक्षणद्वारा अर्को उत्खनन गरियो जसमा केही जहाजका अवशेष फेला परे। ती सबै २००० ईसा पूर्वका भएको मानिन्छ। द्वारकाको वरपर उत्खनन तथा खोजका क्रममा कैयौँ पुरातात्त्विक अवशेष फेला पर्‍यो।”

    उनका अनुसार, “५०० भन्दा धेरै जीवाश्म पाइएको छ। यी वस्तुको कार्बन डेटिङबाट यहाँको संस्कृति चरण चरणमा कसरी विकसित भयो भन्ने साबित हुन्छ र जुन माटोका भाँडा पाइएका छन् ती २००० ईसा पूर्वका छन्। समुद्रको गहिराइबाट पत्थरका वस्तु पनि फेला परेका छन्। यद्यपि यो सँगसँगै माटोका भाँडा पाइएका छैनन् किनकि त्यस हिस्सामा समुद्रको बहाव निकै तेज छ।”

    समुद्र सतहमा ऐतिहासिक वृद्धि र सतह घटने बारे कुराकानी गर्दै सीएसआईआर-एनआईओका पूर्व मुख्य वैज्ञानिक डा. राजीव निगम भन्छन्, “लगभग १५००० वर्ष पहिले समुद्रको सतह अहिलेको तुलनामा १०० मिटर कम थियो। त्यसपछि समुद्रको सतह फेरि थोरै बढ्यो। र ७००० वर्ष पहिले आजको तुलनामा यो अझ धेरै थियो।”

    “लगभग ३५०० वर्ष पहिले यसमा फेरि गिरावट आयो। र त्यसै समय द्वारका सहर स्थापना भयो होला । तर फेरि समुद्रको सतह फेरि बढ्न थाल्यो र द्वारका सहर डुब्न थाल्यो।”

    द्वारकाको खोजबीन भइरहेको स्थानमा उठ्ने ज्वारभाटाका कारण केवल डिसेम्बर र ज्यानुअरीमा मात्रै पानी मुनि गोता लगाउन उपयुक्त हुन्छ।

    किनकि भारतमा पानीमुनिका पुरात्त्वविद निकै कम छन्। त्यसैले यो शोध सुस्त गतिमा अगाडि बढिरहेको छ।

    पुरातत्त्वविद् (अब एएसआईबाट सेवानिवृत्त) के. के. मोहम्मद शोधका लागि पर्याप्त संसाधन पनि उपलब्ध छैन भन्ने मान्छन्।

    द्वारका

    कहाँ-कहाँ छ सहर डुबेको भन्ने मान्यता

    पश्चिमी सोलोमन द्वीप समूह, सेंटोरिनी (ग्रीस), अस्ट्रेलिया द्वीपमा पनि ‘डुबेका सहर’ रहेको मानिन्छ।

    अस्ट्रेलियाका आदिवासीहरू समुद्रको जल सतह बढेका कारण जमिनको एउटा ठूलो क्षेत्र जलमग्न भएको थियो भन्नेमा विश्वास गर्छन् र त्यसलाई लिएर कैयौँ किंवदन्ती प्रचलित छन्।

    यस्तै एक मान्यता तमिलनाडु नजिकै रहेको महाबलीपुरममा पनि प्रचलित छ। सन् २००४ को सुनामीको दौरान केही हिस्सा समुद्रबाट बाहिर आएको कुरा अगाडि आएको थियो।

    द्वारका गुजरातको पश्चिमी भागमा अरब सागरमा स्थित छ।

    ‘नेचर कम्युनिकेसन जर्नल’ मा प्रकाशित एक रिपोर्ट अनुसार आउँदा दिनमा समुद्र सतह बढेर सूरत, कच्छ, भावनगर र भरूच पनि प्रभावित हुन सक्छ।

    त्यहीँ जामनगर, देवभूमि द्वारका, पोरबंदर, जूनागढ़, अमरेली, नवसारी, वलसाड र गिर सोमनाथ मध्यमदेखि हल्का रूपमा प्रभावित हुनेछन्।

    त्यसबाहेक रिपोर्टमा कच्छ एक पटक फेरि द्वीप बन्ने आशङ्का समेत गरिएको छ। -बीबीसी

    Scroll to Top