के हुन्छ ? जब आफूखुसी फ्लेक्सन खान्छौं

डा. निमेश पौडेल

कस्तो अवस्थामा खान हुँदैन ?

भाइरल ज्वरोमा यसको प्रयोग गर्न मिल्दैन । जस्तै डेंगी भएको बेला फ्लेक्सन खानै हुँदैन । किनभने यसको प्रयोगले रगतमा प्लेट वृद्धिमा अवरोध गर्छ । फ्लेक्सन कति खाने, कसरी खाने ? खासमा फ्लेक्सन कुनै पनि रोगको लागि सिफारिस गरिदैन । यदि खानै परेमा पनि खाना खाइसकेपछि दिनको तीन पटक खान सकिन्छ । तर यो नियमित खाइरहनु हुँदैन । चिकित्सकको सल्लाह अनुसार एक–दुई दिनसम्म मात्र खान सकिन्छ ।

अहिले जसरी मान्छेले मनोमानी ढंगले खाइरहेका छन्, त्यसले भोलिका दिनमा जटिल समस्या निम्त्याउन सक्छ । बच्चालाई पनि फ्लेक्सन खुवाउन सकिन्छ ? बच्चालाई फ्लेक्सन खुवाउँनु हुँदैन । यसको प्रयोगले बच्चाहरुमा मिर्गौलाको समस्या हुनसक्छ । बच्चाले मात्र होइन, अन्यले पनि मनोमानी यसको प्रयोग गर्दा हानि गर्छ । अन्य औषधि खाइरहेकालाई फ्लेक्सन खुवाउँदा के हुन्छ ? चिकित्सकको निगरानीमा खाएको छ भने सल्लाह अनुरुप खान सकिन्छ । जस्तै वाथ रोग, हड्डी वा जोर्नी दुख्ने समस्यामा चिकित्सकले बिरामीको अवस्था हेरेर यो औषधि दिइन्छ । तर भने यत्तिकै खान हुँदैन ।

मिगौलाको समस्या, उच्च रक्तचाप, मधुमेह वा मुटुको बिरामी भएकाले खान मिल्दैन । यसले झन जटिलता ल्याउन सक्छ । त्यसैले अन्य रोगको समस्या भएमा चिकित्सकलाई देखाएर खानु उचित हुन्छ । फ्लेक्सनले गर्ने हानि के के हुनसक्छ ? ग्याष्ट्रिक गराउँछ । शरीर सुन्निने समस्या हुनसक्छ । मिर्गौलालाई कमजोर बनाउन सक्छ । यदि एकै पटक धेरै मात्रामा खाइएमा ज्यानै जान सक्छ । (जनरल फिजिसियन डा. पौडेल अल्का अल्पताल, ब्लुक्रस अस्पताल र एभरेष्ट अस्पतालमा कार्यरत छन् ।)

Scroll to Top