के हो मेरो लक्ष्य ?

सानै देखि लिने गर्थे सत्यको पक्ष
द‍ङ्ग पर्दै सोचिराछु के हो मेरो लक्ष्य ?
प्रहरी बनौ त भगडा मिलाउन आउँदैन
मेरो देशमा दीन दु:खीले न्याय पाउँदैन ।

डाक्टर बन्‍न मन लाग्छ, कहिले न्यायाधीश
जोगाउने इच्छा फेरि आफ्नै भाषा भेष
सबको भलो चिताउने बन्‍छु समाजसेवी
जिल्ल पर्छु देशमा बढ्दा हत्या बलत्कारी ।

भ्रस्टचारीहरूलाई भा’छ मोज मस्ती
मलाई भने भयो आफ्नै लक्ष्य खोज्‍न सास्ती
एकान्तमा सुसाउँदै बग्छ नदी, खोला
मैले पनि बरु गायक बन्दा कस्तो होला?

दिदीलाई सोध्छु कहिले उल्टै गाली खान्छु
बरु दाईलाई सोधीहेर्छु भन्दै उतै जान्छु ।
दाइलाई सोधें दादा लौन मेरो लक्ष्य के हो ?
दाइले भन्यो आफ्नो लक्ष्य आफै रोज्ने पो हो ।

भयो अब अलमलिन्‍न बरु धेरै पढ्छु
जान्दै बुझ्दै आफैलाई चिन्दै अघि बढ्छु
आफ्नो रुची चिन्छु अनि बन्छु आफैं दक्ष
बुझेपछि पहिल्याउँछु आँफै आफ्नो लक्ष्य ।

Scroll to Top