कोशीका मुख्यमन्त्री हिक्मत कार्कीद्वारा राजीना

कोशीमा अन्तिम विकल्पको सरकार गठनका लागि दलहरूलाई प्रदेश प्रमुखले दिए एक साताको म्याद

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुखले १६८ (५) अन्तरगत कोशी प्रदेशमा सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएर सरकार गठनको आव्हान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् ।

मुख्यमन्त्री हिक्मत कार्कीद्वारा राजीनामा, प्रदेशसभा बैठक स्थगित
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार शनिबार बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । 
शनिबार विश्वासको मत लिनुअघि बसेको पार्टीको संसदीय दलको बैठकमा उनले राजीनामा दिन लागेको जानकारी गराएका थिए ।
संविधानको धारा १६३ (३) अन्तर्गत बनेको सरकारले विश्वासको मत नपाए पुुनः १६८ (५) अन्तर्गत बन्ने सरकारको मुख्यमन्त्री दाबी गर्न नपाउने सुझाव लिएर उनले राजीनामा दिएका हुन् ।
लगत्तै बसेको प्रदेशसभा बैठकमा उनले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने प्रतिबद्धता जनाएपछि आजका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रवधानअनुसार शनिबारका लागि प्रदेशसभा बैठक आह्वान भएको थियो ।

Scroll to Top