क्यान्सरबाट जोगिन के गर्ने ?

क्यान्सर जसलाई पनि हुन सक्छ भन्ने कुरा बुझ्नु पर्छ। स्वास्थ्य बिमा सबैले गरौं काम लाग्छ। स्वस्थ व्यक्तिले पनि नियमित स्वास्थ्य जाँच गर्ने। चालिस बर्ष कटेका महिलाले स्तनको लागि म्यामोग्राम र पाठेघरको मुखको प्याप स्मिएर जाच गर्ने ।

स्तन, छाला, लगायत अंगको नियमित आफैले जाँच गर्ने। चुरोट पिउँदै नपिउने, पिउने बानी छ भने तुरुन्त छोडिहल्ने। पान , गुट्खा, सुर्ती आदी नखाने,रक्सी नखाने, नियमित व्यायाम गर्ने। किशोरीहरुले उपलब्ध क्यान्सर बिरुद्धको HPV खोप लगाउने , मासु धेरै सेवन नगर्ने, पोलेको, तारेको झन खाँदै नखाने।

स्तन, छाला, लगायत अंगको नियमित आफैले जाँच गर्ने। चुरोट पिउँदै नपिउने, पिउने बानी छ भने तुरुन्त छोडिहल्ने। पान , गुट्खा, सुर्ती आदी नखाने,रक्सी नखाने, नियमित व्यायाम गर्ने।

अत्याधिक किट्नाशक औषधी प्रयोग भएका खाद्यपदार्थ नखाने। रगतको नाताभित्र क्यान्सर रोगी भएका ब्यक्तीले चिकित्सकको सल्लाहमा बिशेष जाँचहरु गर्ने । विकिरणयुक्त प्रदुषित वातावरणमा नबस्ने । ताजा फलफुल र तरकारीमा क्यान्सरसँग लड्ने तत्वहरु धेरै मात्रामा पाईन्छ त्यसैले पुरानो खानेकुरा, बट्टामा प्याक गरिएका एवम् अन्य जंक फुडहरु सकेसम्म नखाने ।

अस्वाभाविकरुपमा वजन घटेमा , कुनै नयाँ कडा गिर्खा देखिएमा तुरुन्त जाँच गराइहाल्ने । दिसामा लगातार रगत देखिएमा आन्द्राको र लगातार खोकी लागिरहेमा छातीको जाँच गर्ने ।

कहिलेकाहिँ टि बि भनी उपचार गर्दा निको भईरहेको छैन भने कतै क्यान्सर पो हो कि भनी जाँच गर्नुपर्दछ ।

अस्वाभाविकरुपमा वजन घटेमा , कुनै नयाँ कडा गिर्खा देखिएमा तुरुन्त जाँच गराइहाल्ने । दिसामा लगातार रगत देखिएमा आन्द्राको र लगातार खोकी लागिरहेमा छातीको जाँच गर्ने ।

क्यान्सर हुन नदिन खानुहोस् यी खानेकुरा :

काउली, ब्रोकाउली, बन्दा, बेसार, लसुन, अदुवा, गाजर, मुला , कागती अंकुरित (उमारेको) गेडागूडी चुकन्दर, एभोकाडो , स्ट्रबेरी , ब्ल्याकबेरी , ब्लुबेरी , ऐंसेलु , माछा ,ओखर , स्याउ , अङ्गुर , ओलिव ओयल लगायत नियमित सेवन गर्नु श्रेष्कर हुन्छ ।

डा . उज्जवल चालिसे

क्यान्सर रोग विशेषज्ञ भक्तपुर क्यान्सर अस्पातल ।

Scroll to Top