खाद्यान्नमा महँगी, चामल बोरामै हजार रुपैयाँ महँगिने !

काठमाडौं । खाद्यान्नको भाउ आकासिने भएको छ । चामलमा बोराकै एक हजारसम्म बढ्ने भएको छ । आगामी भदौदेखि चामलमा प्रतिबोरामा १५ सय रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । अहिले २५ किलो तौल भएको प्रतिबोरा जिरा मसिनो चामललाई २ हजार ५ सय रुपैयाँ बजार मूल्य पर्छ ।

सरकारले आर्थिक अध्यादेशमार्फत खाद्यान्न उद्योगको हकमा गरेको नयाँ व्यवस्थाअनुसार सम्पूर्ण खर्च जोड्दा उपभोक्ता मूल्य ४० प्रतिशतसम्म बढ्ने उद्योगीहरुले बताएका छन् । यो ४० प्रतिशतका दरले आगामी दिनमा २ हजार ५ सय रुपैयाँ पर्ने चामलको बोरा ३ हजार ५ सय रुपैयाँमा बिक्री हुने उद्योगीहरुको भनाइ छ ।

यस्तै अहिले १ सय ६५ रुपैयाँमा बिक्री भइरहेको मुसुरो दालमा पनि नयाँ करको कारण २० प्रतिशत लागत मूल्य बढेको उद्योगीको भनाइ छ । २० प्रतिशतका दरले प्रतिकिलो मुसुरो दालमा अब ३३ रुपैयाँ बढ्ने सम्भावना छ । आगामी दिनमा मुसुरो दालको बजार मूल्य १ सय ९८ रुपैयाँ पुग्ने उद्योगीहरुको भनाइ छ । अन्य प्रकारका दालमा पनि ३३ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बढ्ने उद्योगीहरुको भनाइ छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को आर्थिक अध्यादेशमार्फत अत्यावश्यक वस्तुको विभिन्न प्रकारका शुल्कमा गरेको हेरफेरले गर्दा आगामी दिनमा उपभोक्ताको भान्छा महँगिदै छ ।

भान्छामा अत्याधिक खपत हुने र नेपालमा समेत पर्याप्त परिमाणमा उत्पादन नहुने प्रमुख खाद्यवस्तु धान, चामल, मकै, गहुँ, दाल, आलु, प्याजलगायतको आयातमा सरकारले विभिन्न प्रकारको शुल्कमा हेरफेर गरेको छ । शुल्क हेरफेर र ति सामान आयात गर्दा अग्रिम आयकरसमेत लाग्ने व्यवस्था गरेको छ ।

Scroll to Top