खानिखोलास्थित श्री निलकण्ठेश्वर महादेव मन्दिर परिसरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुँदै

धुनिवेशी नगरपालिका वडा नं. ७ र ८ को संगमस्थल खानिखोलास्थित श्री निलकण्ठेश्वर महादेव मन्दिर परिसरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुँदैछ ।
वैशाख ४ देखि १२ गतेसम्म आयोजना हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ वैशाख ४ गते बिहान कलश यात्राबाट सुरु हुने श्री निलकण्ठेश्वर महादेव मन्दिर संरक्षण समितिले जनाएको छ ।
धुनिवेशी नगरपालिका वडा नं. ७ र ८ को संगमस्थल खानिखोलास्थित श्री निलकण्ठेश्वर महादेव मन्दिर परिसरमा महादेव मन्दिर तथा कृयापुत्री भवन निर्माण गर्ने उद्देश्यका साथ आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञमा पण्डित पुरुषोत्तम अधिकारीले वाचन गर्ने कार्यक्रम रहेको छ ।
आज हुने कलश यात्रा पूर्वाङ्ग र मण्डप पूजा बिहान ८ बजेबाट सुरु हुने छ भने ख्याती प्राप्त कलाकारहरुद्धारा झाँकी (देवलिला)का साथै भवन कीर्तनसमेत हुने छ ।
वैशाख ५ गतेदेखि पाठ तथा संगीतमय कथा वाचन हुने छ भने ११ गते तिलार्पण तथा जाग्रम बस्ने कार्यक्रम रहेको छ भने १२ गते पूर्णाहुति समापन तथा साङ्गे रहेको आयोजकले जनाएको छ ।

Scroll to Top