गुणस्तरीय शिक्षा उपलब्ध गराउँन सरकार प्रविद्धता छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आम नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउँन सरकार प्रतिवद्ध रहेको बताएका छन् । 
आज प्रतिनिधि सभाको बैठकमा उनले सांसद उर्मिला थेवेले शिक्षाको पहुँचबाट गरिवलाई पर राख्ने नीति सरकारले किन लिदैँ छ भन्ने प्रश्नको उत्तरमा उनले सरकार गुणस्तरीय शिक्षाका लागि प्रतिवद्ध रहेको बताएका हुन् । 
उनले भने, ‘आम नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउँन सरकारको नीति छ र सरकार प्रविद्धता रहेको छ । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक छिटै नै संसदमा पेश गरिने छ । नेपालको संविधानमा उल्लेख गरिएको आधारभूत शिक्षा अनिवार्य तथा निःशूल्क र माध्यमिक तहसम्मको शिक्षा निशूल्क उपलब्ध गराउँनका लागि सरकारले निशूल्क पाठ्य पुस्तक आवासिय गैरआवासिय लक्षित समूहलगायतका विभिन्न किसिमको छात्रवृत्ती, प्याड लगायतको व्यवस्था गरिएको छ । ’
स्थानीय तहहरुले आफ्नो बजेटमा शिक्षामा थप लगानी गर्दै गएको भन्दै सार्वजनिक विद्यालयमा कुनै किसिमको शूल्क लिन नपाउँने व्यवस्था पनि गरिएको बताए । 
उनले भने, ‘उच्च शिक्षा अन्तरगत चिकित्सा शिक्षामा सरकारी लगानीका संस्थाहरुमा कूल सिटको ७५ प्रतिशत सिटमा विद्यार्थीहरुले निशूल्क अध्यन गरिरहेका छन् । सार्वजनिक शिक्षालाई निशूल्क गरी सबैको पहुँचमा पु¥याउँनको लागि थप स्रोतको व्यवस्था गर्न सरकार प्रयत्नशिल रहेको छ ।’ 
यस्तै, उनले ताप्लेजुङ्मा आएको बाढिका कारण विस्थापित भएको स्थानियहरुकोे उद्धार गरी सुरक्षित बसोबासको र राहतको व्यवस्था गरेको भन्दै मौसममा सुधार आएसँगै उनीहरुलाई स्थापित गर्ने प्रयासमा सरकार लागेको बताए । 

Scroll to Top