गृहमन्त्री आफैं पुगेर छुटाए जनमत पार्टीका नेता-कार्यकर्ता

‘धोती दिवस’ मनाउन भन्दै माइतीघर क्षेत्रमा भेला भएको बेला पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई प्रहरीले छाडेको छ ।

काठमाडौं । 

‘धोती दिवस’ मनाउन भन्दै माइतीघर क्षेत्रमा भेला भएको बेला पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई प्रहरीले छाडेको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेर उनीहरुलाई छुटाएका हुन् । ‘गृहमन्त्री श्रेष्ठले आफूहरुबाट भएको कमीकमजोरी स्वीकार्दै आफ्नै उपस्थितिमा सबै आन्दोलनकारीलाई रिहाइ गराउनु भयो,’ जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले भने ।

अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै जनमत पार्टीका नेता–कार्यकर्ताहरु ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए । निषेधित क्षेत्रमा भेला भएपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग उनीहरुको धकेलाधकेल भएको थियो ।

प्रदर्शनमा सहभागीहरु प्रहरीको घेरा तोड्दै अघि बढेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Scroll to Top