गोदावरी नगरपालिकाका मेयर र उपमेयर भ्रष्टचारको मुद्दासँगै दुबै निलम्बन

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै दुबै पदीय जिम्मेवारीबाट निलम्बित भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रबक्ता कालीप्रसाद पराजुलीले मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी दुबै निलम्बनमा परेको जानकारी दिएका छन् । उनका अनुसार अदालतले सफाई दिए मात्रै दुबै पुनः नगरपालिकाको काममा फर्कन पाउछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएर सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भ्रष्टाचार निवारण ऐनको दफा ३३ ले उनीहरू निलम्बनमा परेका हुन् । विशेषमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन र अन्य कर्मचारी पदबाट निलम्बन भएका छन् ।
‘कुनै राष्ट्रसेवक दफा २८ को उपदफा १ को खण्ड ग दफा ३० को उपदफा ३ तथा दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने छ’ ऐनको दफा ३३ मा भनिएको छ ।
आयोगले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीहरूविरूद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्टै मुद्दा पेश गरेको हो ।

Scroll to Top