गोदावरी मेयर कप फुटबलः आज चन्द्रागिरि र नागार्जुनबीच क्वाटरफाइनल खेल हुँदै

काठमाडौं । प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आज २:३० बजे महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिकाबीच क्वाटरफाइनल खेल हुँदैछ ।
त्यस्तै, आजै हुने दोस्रो क्वाटरफाइलन खेलमा चन्द्रागिरि नगरपालिका र नाजार्जुन नगरपालिकाबीच ३:३० बजे सुरु हुनेछ ।

चन्द्रागिरि नगरपालिकाले पहिलो खेलमा बागमती गाउँपालिकामाथि १०-० को फराकिलो जित हात पारेको थियो भने नागार्जुनले कोन्ज्योस्योम गाउँपालिकामाथि ३-० को सहज जित दर्ता गरेको थियो । ।

ललितपुरको गोदावरी नगरपालिका-१० टाहाखेलमा जारी प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख र दोस्रोले ३ लाख रुपैयाँ पाउने छन् ।

यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Scroll to Top