गोरखा सर्जक समाजको मुखपत्र “गोरखा वाङ्‍मय” लोकार्पण

गोरखा सर्जक समाज द्वारा पद्म कन्या क्याम्पसको डेनिस हलमा आयोजित एक कार्यक्रम बिच समाजको मुख पत्रको रूपमा प्रकाशित हुदै आएको “गोरखा वाङ्‍मय” छैठौं अंक “गोरखा वाङ्‍मय आख्यान विशेषाङ्क” लोकार्पण गरियो । प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीले कृतिको लोकार्पण गर्नुभयो । सोही मञ्‍चबाट गोरखा सर्जक समाज द्वारा नै प्रकाशित कवि विष्णुहरि अधिकारी “ परिवेश “ द्वारा सिर्जित “ बादलमुनिका बस्तीहरू” कविता संग्रहको पनि विमोचन गरियो। लोकार्पित कृति गोरखा वाङ्‍मयको समीक्षा प्रा डा नवराज कट्टेल र बादलमुनिका बस्तीहरूको समिक्षा कवि रश्मि भट्ट द्वारा गरिएको थियो। समाजका अध्यक्ष प्रा. सीताराम अधिकारीको सभापतित्वमा भएको सो समारोहमा समाजका सल्लाहकार लोककवि सुरेशकुमार भट्टले स्वागत मन्तव्य राख्दै संक्षेपमा समाजको ६ बर्ष देखिका सम्पन्न र प्रस्तावित कार्यक्रम र योजनाको जानकारी दिनुभएको थियो ।  

सो क्रममा समाजको आजीवन सदस्य विस्तार गरी हाल ५ लाखमा रहेको अक्षयकोशलाई २०/२५ लाखको बनाइ नेपाल भरिबाट छनौट गरी श्रष्टा सम्मान गर्ने लक्ष्य रहेकोले जो केहि साहित्य अनुरागी व्यक्तिहरूलाई सहयोग र साथ दिन आव्हान गरिएको थियो ।

समाजका सदस्य तथा सम्पादक वासुदेव भट्टको उद्घोषणमा संचालित सो कार्यक्रममा समाजका वरिष्ठ सदस्य दिपक न्यौपानेले साहित्यिक सभाको अन्तमा सहभागि तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। सो कार्यक्रममा डा बमबहादुर थापा जिताली, हरि साँस्कृतिक केन्द्रकी अध्यक्ष प्रभा कैनी लगायतले मन्तव्य राख्नुभएको थियो ।  सभामा प्रमुख अतिथिबाट चालिस जना अमेरिका बासी २५ जना नेपालबासी आजीवन सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

Scroll to Top