घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु ३५ हजार घुस लिएको अभियोगमा कपिलबस्तु जिल्ला नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक वेचनप्रसाद गुप्तालाई पक्राउ गरेको छ ।

आयोगले आज नापी कार्यालय चन्द्रौटा नजिकैबाट पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । आयोगको टोलीले स्रोत नखुलेको रु ५० हजार बराबरको रकम समेत प्राप्त गरेको जनाएको छ ।

Scroll to Top