चन्द्रागिरिका अधिकांश क्षेत्रमा आज १० बजेदेखि ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । चन्द्रागिरि नगरभित्रका अधिकांश क्षेत्रमा आज १० बजेदेखि ५ बजेसम्म विद्युत आपूर्ति बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरणले सोमबार एक सूचना जारी गरी सो जानकारी दिएको छ ।

बलम्बु उप वितरण केन्द्र, सतुंगलका अनुसार अनुसार मातातिर्थ फिडरको बालागाउँस्थित पुरानो तारलाइ बदली गर्ने कार्यका लागि चन्द्रागिरि नगरका मातातिर्थ, सितल बस्ती, बालागाउँ, दाउरा डिपो, महादेवस्थान, थानकोट, चेकपोष्ट, पाल्देन प्लटिङ, घुमाउने, पानीघाट, गोदाम, केबुलकार, सिलाफल, त्रिभुवन पार्क, वाणस्थली, हाइभिजन, मंगलोदय, महेश फाँट, नागढुङ्गालगायतका स्थानमा आज विद्युत अवरुद्ध हुने प्राधिकरणले जानाएको छ ।

विद्युत सेवा बिहान १० बजेबाट साँझ ५ बजेसम्म अवरुद्ध हुने भए पनि निर्धारित समय अगावै सम्पन्न भएमा ५ बजेअघि नै विद्युत सेवा सुचारू हुने प्राधिकरणले जानकारी गराएको छ ।

Scroll to Top