काठमाडौं ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनामा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । कुल २० अर्ब ९० करोड रुपैयाँभन्दा बढी लागतको आयोजनाको ७० प्रतिशत रकम खर्च भइसकेको छ ।
सुरुङमार्ग कुल दुई हजार ६८८ मिटर लामो हुनेछ । हालसम्म ९८.८० प्रतिशत अर्थात् दुई हजार ६५६ मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जानकारी गराएको छ । राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा आयोजनाको प्रगति विवरण सार्वजनिक गरिएको हो ।
कुल २० अर्ब ९० करोड रुपैयाँभन्दा बढी लागतको आयोजनाको ७० प्रतिशत रकम खर्च भइसकेको छ ।
सुरुङमार्ग निर्माणको काम ६८.५४ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।
१२ पुल र फ्लाइओरभर बनाउने काम २७.४८ प्रतिशत पूरा भएको छ । एक हजार ८७२ मिटर एप्रोच रोड बनाउने काम ५३.८१ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।
ट्रान्समिसनलगायत विविध काम ५६.९९ प्रतिशत पूरा भएको छ । घरटहरा र बोटबिरुवाको क्षतिपूर्ति दिने काम ९५.६६ प्रतिशत पूरा भएको छ ।
जग्गाको मुआब्जाको काम ९५.२१ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । यसरी समग्रमा आयोजनाको काम ७०.३४ प्रतिशत मात्र पूरा भएको छ ।