चन्द्रागिरिको नागढुंगा-सिस्ने खोला सुरुङमार्ग ‘ब्रेक थ्रु’ भोलि

काठमाडौं । नागढुंगा सिस्ने खोला सुरुङ मार्ग भोलि ‘ब्रेक थ्रु’ हुने भएको छ । चन्द्रागिरि नगरपालिका थानकोटबाट धादिङको सिस्ने खोला पुग्न ३ मिटने मात्र लाग्ने आयोजनाले जनाएको छ ।
चन्द्रागिरिको बलम्बु, नागढुंगा हुँदै जाँदा साढे आठ किमि दुरीमा रहेको सिस्ने खोला सुरुङ मार्गबाट भने २.६ किमिमै पुगिने आयोजनाले जनाएको छ ।
मुख्य सुरुङ २.६८८ किमि र आपत्कालिन सुरुङको दुरी २.५५७ किमि छ । आपत्कालिन सुरुङको गत साउन २२ मा ‘ब्रेक थ्रु’ भइसकेको छ ।
अहिले चन्द्रागिरिस्थित बलम्बुमा फ्लाओभरको काम धमाधम भइरहेको छ । स्थानीयको अवरोधले गर्दा यो खण्डको काम पनि ठप्प बनेको थियो । अब भने स्थानीको कुनै अवरोध नभए भोलि सोमबार ‘ब्रेक थ्रु’ हुने छ ।

Scroll to Top