चन्द्रागिरिको न्यू डायमन्डसँग आर्मी पराजित

काठमाडौँ । चन्द्रागिरिको न्यू डायमन्डले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल बुधबार सम्पन्न खेलमा न्यू डायमन्डले विभागीय टोली नेपाल आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो।

पहिलो र दोस्रो सेट न्यू डायमन्डले २५-१२ र २५-१५ ले जितेको थियो। तर, तेस्रो सेट भने १७-२५ ले गुमाउन पुग्यो। यद्यपि, चौथो सेट २५-२१ ले आफ्नो बनाउँदै न्यू डायमन्ड विजयी शुरूआत गर्न सफल भयो।

Scroll to Top