चन्द्रागिरिको न्यू डायमन्डको पहिलो जित

काठमाडौं । चन्द्रागिरिको न्यू डायमन्ड एकेडेमीले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पहिलो जित हासिल गरेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा बिहीबार बिहान सम्पन्न खेलमा न्यू डायमन्डले कर्णाली खेलकुद विकास परिषद्लाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

न्यू डायमन्डले २५-११, २५-१६ र २५-२५ ले तीन सेट आफ्नो पक्षमा पार्‍यो ।

Scroll to Top