चन्द्रागिरिको बुद्धपार्कमा सोनाम ल्होछारको अवसरमा आज विशेष कार्यक्रम हुँदै

काठमाडौं ।

आज तामाङ समुदायको प्रमुख चाड सोनाम ल्होछारको अवसरमा देश तथा विदेशमा विभिन्न कार्यक्रमका साथ मनाईदैछ । यसै अवसरमा तामाङ समुदायले चन्द्रागिरि नगरपालिकाका वडा नम्बर–३ मा रहेको बुद्ध पार्कमा पनि विशेष कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल तामाङ घेदुङ, चन्द्रागिरि नगर कमिटीको आयोजनामा विशेष कार्यक्रम हुन लागेको नेपाल तामाङ घेदुङ चन्द्रागिरि नगर कार्यसमितिका अध्यक्ष रामहरि लामाले जानकारी दिए ।

बागमती प्रदेश संस्कृत पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको आतिथ्यतामा हुने कार्यक्रममा लामा गुरुहरुद्वारा पूजापाठ, तामाङ समुदायहरुले भूमि पूजा, कुल पूजालगायत विशेष सांस्कृतिक कार्यक्रम हुने कमिटीका अध्यक्ष रामहरी लामाले जानकारी दिनुभयो ।

कार्यक्रम शनिबार बिहानी ११ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिए । ल्होछारलाई नयाँ वर्षको रूपमा लिइन्छ । मञ्जुश्री पात्रोअनुसार २८६०औँ वर्ष सुरु भएको छ । आजबाट तामाङ समुदायले ड्रागन वर्षको स्वागतमा ल्होछार मनाउन लागेका हुन् ।

सोनाम ल्होछारलाई गाई, बाघ, मुसा, खरायो, सर्प, घोडा, भेडा, मेघ ड्रागन, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ ।

Scroll to Top