चन्द्रागिरिको मातातिर्थ स्थित २२० के भि को प्रसारण लाइन सबस्टेसनको प्रधानमन्त्रीद्वारा समुद्घाटन

काठमाडौँ । चन्द्रागिरिको मातातिर्थ स्थित २२० के भि को प्रसारण लाइन सबस्टेसनको समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आज एक कार्यक्रमकाबीच गर्नु भयो।

कार्यक्रममा बागमती प्रदेशका मन्त्री केशब पोखरेल, रमा आलेमगर, विन्दु श्रेष्ठ, यमुनादेवी श्रेष्ठ, चन्द्रागिरी नगर प्रमुख घनश्याम गिरिलगायत उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको बताउनुभएको छ ।
आईतवार काठमाडौंको चन्द्रागिरीमा मस्र्याङ्दी—काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताउनुभयो । उहाँले उत्पादित जलविद्युत देशभित्र नै खपत गर्नेगरी विद्युत खपत वृद्धि सम्बन्धी कार्ययोजना मन्त्रीपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको बताउनुभयो ।

Scroll to Top