चन्द्रागिरिमा आजपनि बिहान ८ बजेदेखि ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने 

काठमाडौं । आज सोमबार पनि चन्द्रागिरि नगर क्षेत्रका विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
पुरानो तारलाई नयाँ तार बदल्ने कार्य गर्न लागिएकोले चन्द्रागिरि नगर क्षेत्रभित्रका विभिन्न ठाउँमा आज पनि विद्युत आपूर्ति बन्द हुने जनाइएको छ ।

आज चन्द्रागिरि नगरका पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे दहचोक, ढुङ्गेअड्डा, ब्राइट फ्यूचर, बानियाँ गाउँ, किटनी भञ्ज्याङ, बाइछाप, यातायात कार्यालय, दाउरा डिपो, हाइभिजन कोलोनी, पशु विकास कार्यालय क्षेत्र, सृजना चोक लगायका क्षेत्रमा आज बिहान ८ बजेदेखी दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ । 

Scroll to Top