चन्द्रागिरिमा आजबाट वायु गुणस्तर चेकजाँच शिविर सुरु

काठमाडौं । आजबाट चन्द्रागिरि नगरपालिकामा सवारी साधनको वायु गुणस्तर चेकजाँच शिविर सञ्चालन भएको छ ।
चन्द्रागिरि नगरपालिकास्थित त्रिभुवन पार्कको पार्किङमा सुरु भएको शिविर चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्की, विभिन्न संघसंस्थाका प्रतिनिधहरुको उपस्थिति रहेको थियो ।
चन्द्रागिरि नगरले सुरु गरेको वायु गुणस्नतर चेकजाँचलाई प्रदेश सरकार तथा केन्दीय सरकारले सहयोग गर्नुपर्नेमा नगरप्रमुख गिरीले जोड दिए ।
त्यस्तै, कलंकीदेखि नागढुंगासम्म सवारीसाधनको चाँप बढी हुने भएकोले बेलाबेलामा वायु गुणस्तर चेकजाँच गरिरहनुपर्नेमा उपप्रमुख बसन्ती श्रेष्ठले बताइन् ।
चन्द्रागिरि नगरपालिकाको आयोजना तथा यूएसआइडी स्वच्छ हावा कार्यक्रम, सवारी परीक्षण कार्यालय टेकु र सुरक्षा निकायको सहकार्यमा जेठ १६ र १७ गते वायुगुणस्तर चेकजाँच कार्यक्रम आयोजना भएको हो ।
चन्द्रागिरि नगरपालिकास्थित त्रिभुवन पार्कको पार्किंगस्थलमा बिहान १० बजेदेखि ४ बजेसम्म आयोजना हुने चन्द्रागिरि नगरपालिका वातावरण शाखाले जनाएको छ ।

Scroll to Top