चन्द्रागिरिमा आज २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै

प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने

काठमाडौं ।
वि।सं १९९० माघ २ गते गएको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न हेतु हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइदैँ आएको छ ।

माघ २ गतेदिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । सो भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो । भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र विभिन्न संघसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
यसै सन्दर्भमा सरकारले ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस- २०८० विभिन्न कार्यक्रमको आयोजना गरी मनाईंदैछ ।
भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम आज चन्द्रागिरी नगरपालिकामा हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृहमन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो कार्यक्रममा भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ । तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना गरिने बताइएको छ ।
चन्द्रागिरि नगरपालिकाले ए सूचना जारी गरी आज १० बजे चन्द्रागिर नगरपालिकाको कार्यालयमा सम्पूर्ण नगरवासीलाई -यालीको लागि आह्वान गरेको छ । याली चन्द्रागिरि नगरको कार्यालयबाट सुरु भई मुल सडक हुँदै नयाँ नैकापबाट नैकाप फुटबल ग्राउण्डमा गएर भूकम्प सुरक्षा दिवस २०८० को कार्यक्रममा सहभागी हुने जानाइएको छ ।

Scroll to Top