चन्द्रागिरिमा एमालेभित्र नेतृत्वका लागि घम्साघम्सी

एमालेको दोस्रो नगर अधिवेशन चलिरहेको छ । काठमाडौं निर्वाचन क्षेत्र नं ९ र १० समेटिएको यो नगर अधिवेशन चन्द्रागिरि नगर पार्टी एमालेका निम्ति निक्कै चुनौतीपूर्ण र सकसको विषय बनेको छ ।

कुनैबेला कम्युनिस्ट किल्लाका रुपमा चिनिएको यो क्षेत्र समयक्रममा सांगठनिक , वैचारिक र आन्तरिक गुट , अन्तर्विरोध र परस्पर खिचातानीका कारण ध्वस्त हुँदै आएको छ ।

विगत लामो समयदेखि कम्युनिस्ट उम्मेदवार विजयी हुँदै आएको यो क्षेत्रमा पछिल्लो समय काङ्ग्रेसले निरन्तर कम्युनिस्टभित्रको अन्तर्विरोध र फुटको फाईदा उठाएर स्थानीय सत्ता संचालन गर्न सफल भइरहेको छ ।

संविधान सभा पछिको पहिलो स्थानीय निर्वाचनमा गतिलो मत प्राप्त गरेर नगरमा उल्लेख्य वडाहरु जितेको एमाले दोस्रो स्थानीय निर्वाचनसम्म आईपुग्दा छिन्नविन्न भैसकेको थियो !

फलत : आफ्नो आधार ईलाकामा आफ्नो वर्चस्व कायम गर्न नसकिरहेको वर्तमान समयमा पून: एमालेको दोस्रो नगर अधिवेशन हुँदैछ !

कम्युनिस्टहरु विभिन्न धारामा विभाजित भइरहेको समयमा एमालेको यो नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ !

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

को को छन् नगर अध्यक्षका आकांक्षी ?

– पहिलो स्थानीय चुनावमा चन्द्रागिरि नगरपालिका वडा नं १ बाट विजयी भएका राजेन्द्र केसी साथै चन्दागिरि नगरपालिका वडा नं १५ बाट सानदार मत पाएर विजयी भएका उत्तम राउत शिर्ष प्रतिष्पर्धीका रुपमा उभ्भिएका छन् !

त्यस्तै श्रीराम लामिछाने र गीता पोख्रेल लगाएतको समेत दाबी कायम रहेको बताइएको छ ।

आज अधिवेशन उट्घाटन र खुल्ला सत्र सम्पन्न भएको र भोलि बन्द सत्र हुने र निर्विरोध वा निर्वाचन ? वा क कसले उम्मेदवारी दिने , फिर्ता लिने भन्ने टुंगो लाग्ने छ !

हामीले आज अधिवेशन स्थलमा गरेको रिपोर्ट र संवादका क्रममा चन्द्रागिरि नगर कमिटी एमालेका प्रमुख दाबेदार राजेन्द्र केसी र उत्तम राउत दुवैले आफ्नो विजय सुनिश्चित रहेकोे बताएका छन् !

स्मरण रहोस् : राजेन्द्र केसी पछिल्लो स्थानीय निर्वाचनमा वडा नं १ बाट अध्यक्षमा पराजित उमेदवार हुन् भने उत्तम राउत चन्द्रागिरि नगरपालिका मेयरमा पराजित उम्मेदवार हुन् !

पेशा र स्वभाव :

राजेन्द्र केसी :

कानुन व्यवसायी हुन् । स्थिर स्वभावका छन् । तर , उनले समय परिस्थिति अनुसार राजनीतिक निर्णय गर्न सक्दैनन् !

उत्तम राउत :

ईन्जिनियर हुन् । संस्कृतिमा समेत दख्खल राख्छन् ! अलि अस्थिर मानिन्छन् । परिस्थिति अनुसार निर्णय गर्छन् !

सम्भवत: भोलि यिनै दुई मध्ये एकलाई एमालेले चुन्नेछ !

Scroll to Top