चन्द्रागिरिमा जनप्रतिनिधि तथा कर्मचारीहरुबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

काठमाडौं । चन्द्रागिरिमा जनप्रतिनिधि तथा कर्मचारीहरुबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदैछ ।
स्वास्थ्य नै धन हो भन्ने नारालाई मनन गर्दै जनप्रतिनिधि तथा कर्मचारीहरुलाई खेलको माध्यमबाट समय सापेक्ष रुपमा उर्जाशील बनाई नगर एवं वडाबाट हुने कामलाई चुस्त दुरुत तथा थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।
यही वैशाख १५ गते शनिबार चन्द्रागिरि १४ नयाँ नैकापस्थित कालिका व्याडमिन्टन कभर्ड हलमा आयोजना हुने उक्त प्रतियोगितामा भाग लिने खेलाडीहरुले वैशाख १२ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ ।
बेला बेलामा यस प्रकारका खेलले नगरका जनप्रतिनिधि र कर्मचारीहरुलाई थप उर्जा प्रदान हुने कुरामा पूर्ण विश्वास रहेको प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बताए ।
प्रतियोगिता वैशाख १५ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने छ । प्रतियोगितामा भाग लिन शिक्षा अधिकृत वुद्धिप्रसाद भट्ट, दिपक श्रेष्ठ र अष्ट कुमार महर्जनलाई सम्पर्क गर्न सुचना जारी गरिएको छ ।

Scroll to Top