चन्द्रागिरिमा तस्करीको १६ हजार किलो चिनी बरामद

काठमाडौं । काठमाडौंको चन्द्रागिरि सतुंगलबाट १६ हजार किलो अवैध चिनी बरामद गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ३२० बोरा हाराहारी चिनी गुणस्तर जाँचपछि अवैध आयातको भएको यकिन भएको विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र विभागको टोलीले गरेको अनुगमनमा उक्त परिमाणमा चिनी बरामद भएको थियो ।

Scroll to Top