चन्द्रागिरिमा दिनदहाडै चोरी

काठमाडौँ । चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ ।

काठमाडौँ, चन्द्रागिरि नगरपालिका-१० बोशिगाउँ बस्ने हरिसिद्धि खड्गीको घर र सोही घरमा डेरा गरी बस्ने राजेन्द्र नेपालीको कोठाबाट दुवै जनाको गरी नगद तथा विभिन्न गहना समेत गरी करिब ११ लाख ७ हजार ५ सय ८० रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

Scroll to Top