चन्द्रागिरिमा नक्कली प्रहरीको आवरणमा ठगी गर्ने महिला पक्राउ

काठमाडौं ।

चन्द्रागिरि नगरपालिका १४ नैकापमा नक्कली प्रहरी बनेर ठगी गर्ने महिला पक्राउ परेको छ ।

थानकोट प्रहरीले चन्द्रागिरि १४ नैकापमा नक्कली प्रहरी बनेर ठगी गरिरहेको सूचनाको आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैतडी पुर्चौडी ६ भर भई हाल चन्द्रागिरि १४ नैकापमा डेरा गरी बस्दै आएकी २४ वर्षिया अमिला कुमारी साउँदलाई पक्राउ गरेको छ ।

साउँदले दैलेख नारायण नगरपालिका ११ बस्ने अमृता बिष्टलाई राष्ट्रिय अनुसन्धान बिभागको सिपाही पदमा जागिर लगाई दिन्छु भनी १ लाख ५० हजार रुपैयाँ झुक्याएर लिएकी छिन् ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ । सार्वजनिक पद तथा ओहदा समेत देखाई ठगी गरेको हुँदा निज अमिला कुमारी साउँदलाई नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको ।

Scroll to Top