चन्द्रागिरिमा नेपाल टेलिकमको अन व्हील कार्यक्रम सुरु

काठमाडौं : चन्द्रागिरि नगरमा नेपाल टेलिकमले अन व्हील कार्यक्रम सुरु गरेको छ । नेपाल टेलिकमको बलम्बु शाखाबाट सञ्चालन भएको सो कार्यक्रम चन्द्रागिरि नगर अन्तर्गत कलंकीदेखि नागढुंगासम्म घरदैलो कार्यक्रम रहेको नेपाल टेलिकमका सहायक प्रशासकीय अधिकृत दिपेन्द्र महतले जानकारी दिए ।
घरदैलो कार्यक्रम अन्तर्गत एफटीटीएच जडान, मर्मत र एफटीटीएचको प्याकेजबारेमा आम सर्वसाधारणलाई जानकारी गराइने महतले जानकारी दिए ।
हाल नेपाल टेलिकमले १९८ बाट एफटीटीएच जडान तथा मर्मत गर्न नाम दर्ता गर्ने सुविधा दिँदै आएको छ ।
नेपाल टेलिकम बलम्बु शाखाले आयोजना गरेको यस कार्यक्रमले टेलिकमको सेवा सुविधाबारे आम सर्वधारणले जानकारी पाउनु भन्ने उद्देश्यले आयोजना गरिएको पनि जानकरी गराए ।

Scroll to Top