चन्द्रागिरिमा पालिकास्तरीय बाल भेला सम्पन्न

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पालिकास्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रागिरि नगरपालिका बालबालिकाको सवाल र मुलप्रवाहिकरण गर्न योजना तर्जुमाका लागि पालिकास्तरीय बाल भेला कार्यक्रम चन्द्रागिरि १० स्थित विष्णुदेवी सामुदायिक भवनमा आज एक कार्यक्रम बिच सम्पन्न भएको चन्द्रागिरि १० का वडाअध्यक्ष शिवकुमार महर्जनले बताए ।
चन्द्रागिरि नगरपालिकाको आयोजनामा भएको पालिकास्तरीय बाल भेलामा बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य गरेको थियो ।
कार्यक्रमा चन्द्रागिरि नगरभित्रका विभिन्न विद्यालयहरुले भाग लिएका थिए ।

Scroll to Top