चन्द्रागिरिमा प्रथम बुद्धजयन्ती २५६८ खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

काठमाडौं । चन्द्रागिरिमा प्रथम बुद्धजयन्ती २५६८ खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८१ प्रतियोगिता आयोजना हुँदैछ ।
बुद्धजयन्ती खेलकुद समितिको आयोजनामा चन्द्रागिरि नगरपालिकामा रहेको मण्डला ब्याडमिन्टन क्लब हलमा आयोजना हुन गइरहेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघले प्राविधिक सहयोग गरेकोे छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्र्को लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना हुन गइरहेको प्रथम बुद्धजयन्ती कप २५६८ जेठ ५ देखि ८ गतेसम्म आयोजना हुने प्रतियोगिताका संयोजक रुपक कुमार थिंगले जानकारी दिए ।
बुद्धजयन्तीको अवसर पारेर गर्न लागेको सो प्रतियोगितामा मेन्स डबल (टप २० बाहेक)को र बी लेबल अन्तर्गत चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकालीमा बसोबास गर्ने खेलाडीहरुले भाग लिन पाउने छन् ।
प्रतियोगितामा भाग लिने खेलाडीहरुले यही जेठ ३ गते बेलुका ४ बजेसम्म टिम दर्ता गराइसक्नुपर्ने छ भने मेन्स डबल (टप २० बाहेक)को लागि प्रतिटिम दर्ता शुल्क ३ हजार रुपैयाँ र बी लेबलको लागि २ हजार दर्ता शुल्क तोकिएको छ ।

मेन्स डबल (टप २० बाहेक) प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार नगर, दोस्रो हुनेलाई १५ हजार नगर र तेश्रो हुने दुई टीमलाई ५–५ हजार नगर पुरस्कारका साथै ट्र्फी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
त्यस्तै बी लेबलमा प्रथम हुनेले १५ हजार नगर पुरस्कार प्राप्त गर्नेछन् भने दोश्रो हुनेले ८ हजार नगर प्राप्त गर्नेछन् । त्यस्तै तेश्रो हुने दुई टीमले ३–३ हजार नगर पुरस्कारका साथै मेडल, ट्र्फी र प्रमाणपत्र वितरण गरिनेछ ।
जेठ ५ गतेदेखि १० गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा बी लेबलको खेल ५ गतेदेखि १० गतेसम्म हुनेछ भने मेन्स डबल (टप २० बाहेकको) खेल जेठ ८ देखि १० गतेसम्म सञ्चालन हुने संयोजक रुपक कुमार थिङ्गले बताए ।

Scroll to Top