चन्द्रागिरिमा प्रथम वनदेवी, चन्द्रागिरि सांस्कृतिक व्यापार पर्यटन महोत्सव २०८१ आयोजना हुँदै

काठमाडौं । चन्द्रागिरिमा प्रथम वनदेवी, चन्द्रागिरि सांस्कृतिक व्यापार पर्यटन महोत्सव २०८१ आयोजना हुँदैछ ।
वनदेवी सामुदायिक भवन संरक्षण समितिको आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.को व्यवस्थापनमा हुन गइरहेको महोत्सव जेठ १४ देखि २७ गतेसम्म आयोजना हुँनेछ ।
चन्द्रागिरि पर्वत श्रृंखलाको काखमा अवस्थित चन्द्रागिरि नगरपालिका ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय नगरीका साथै काठमाडौं प्रवेश गर्ने मुख्य प्रवेशद्वार तथा चन्द्रागिरि पर्वतको फेदिमा अवस्थित घुमाउनेमा महोत्सव गर्न लागिएको कार्यक्रम संयोजक राजकुमार केसीले बताए ।
महोत्सवमा दैनिक जिवनमा प्रयोगमा आउने उपभोग्य सामाग्रीहरु, खानको परिकार, हस्तकलाका सामान, चित्रकला, वास्तुकलाका सामाग्रीहरुका साथै कृषिजन्य उत्पादनहरु तथा कृषि औजारका सामाग्रीहरुको प्रदर्शनी गरिने छ । त्यस्तै सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको बिक्रीवितरण तथा प्रदर्शन गरिनेछ ।
मनोरञ्जनका लागि महोत्सवमा बाल उद्यान, रोटे पिङ्ग, ड्राईगन, कोलोम्बस, बालबालिकाका खेलौना आदि राखिनेछ ।
त्यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हास्यव्यग्य, नृत्य, गीत संगीतको बेजोड प्रस्तुति रहने पनि संयोजक केसीले बताए ।
महोत्सवलाई व्यवस्थित गर्नको लागि ११ जना सञ्चालक समितिको साथसाथै ३१ जना मुल समारोह समितिको व्यवस्था गरिएको छ । त्यसका साथै व्यापक रुपमा स्वयम् सेवकहरु खटाइने पनि संयोजक केसीले बताए ।
महोत्सव प्रवेशको लागि विद्यार्थीको लागि ५० रुपैयाँ र अन्यको लागि ७० रुपैयाँ प्रवेश शुल्क लिइने छ भने अपांग तथा ६० वर्षमाथिका निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सवमा ५० भन्दा बढी स्टलहरु राखिने छ भने स्टलको आकारअनुसार शुल्क लिइने छ ।
महोत्सवको लागि अहिले धमाधम स्टलहरु राख्ने व्यवस्था भइरहेको पनि संयोजक केसीले बताए ।

Scroll to Top